खबर पूर्वाञ्चल
टस हारेर ब्याटिङ गरेको मिथिलाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५८ रन बनाएको थियो । मिथिलाको जितमा सुमित महर्जनले ३० बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ५३ रन बनाउँदा रविकुमार साहले ३० रन र क्पतान दिेपेन्द्रसिंह ऐरीले अविजित २३ रन बनाए । काठमाण्डौका अमित श्रेष्ठले ३ विकेट लिँदा रामनरेश गिरीले २ विकेट लिए ।
१ सय ५९ रनको विजयी लक्ष्य पाएको काठमाण्डौले पुरै ओभर खेल्दै ९ विकेट गुमाई १ सय ४४ रनमा सिमित भयो । काठमाण्डौका अर्जुन साउदले ३३ रन बनाउँदा अमित श्रेष्ठ र रुपेशकुमार साहले समान २४–२४ रनको योगदान लिए । मिथिलाका प्लेयर अफ दि म्याच कप्तान दिपेन्द्रसिंह ऐरीले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिए । लिगको अधारमा खेलाइएको प्रतियोगिका ६ टिम सहभागि रहेको आयोजका अध्यक्ष संजीवनारायण यादवले जानकारी दिए ।