AArya
RUMPUM
animated ellipse animated ellipse

समाजबादी पार्टीले मनायो स्थपना दिवस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ कार्तिक २०७७, आईतवार १९:२६
270
Shares
विराटनगर / समाजबादी पार्टी नेपाल आबद्ध समाजबादी ट्रेड युनियन महासंघ प्रदेश एकले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ ।

महासंघले विराटनगर ठाकुरवाडीस्थित रामजानकी सेवासदनमा एक कार्यक्रमको आयोजनागर्दै आफ्नो स्थापना दिवस मनाएको हो ।

कार्यक्रमा बोल्र्दै ट्रेड युनियन महासंघका केन्द्रीय सहअध्यक्ष जोगिलाल यादव,पार्टीका प्रदेश उपाध्यक्ष एवम जिल्ला अध्यक्ष राजकुमार यादव, लेखा समितिका केन्द्रीय सदस्य महेश्वर यादव,विद्यार्थी नेता राकेश रोसन यादवलगायतले देशभरिका मजदुरको समस्या समाधानमा सरकारले ध्यान नदिएको आरोप लगाए । उनीहरुले मजदुरका समस्या समाधानगर्न सरकारले तत्काल पहल थाल्नुपर्ने माग समेत गरे ।

स्थापना दिवसको अवसरमा केक काटिएको थियो भने सडकमा बिना मास्क हिंडदै गरेका सर्वसाधारणलाई मास्क वितरण समेत गरिएको थियो । महासंघका मोहम्मद नसरुलको अध्यक्षमा उक्त कार्यक्रम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर