खबर पूर्वाञ्चल
प्रदर्शन उत्तेजित बन्दै गएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको चार जना आन्दोलनकारीलाई रिहा गरेको छ । पहिचानबादी नेताहरूले काणसभामा गरी आजको आन्दोलनको कार्यक्रम सक्ने अन्तिम तयारी गरेका छन् । अहिले पहिचान वादी नेताहरुले भाषण गरिरहेका छन् ।
प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी आदिवासी जनजाति समुदायले प्रदर्शन गर्दै आएका छन् । आज मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो । आइतबार दिउँसोसम्म प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा चल्दा विराटनगर तनावग्रस्त बनेको छ । पहिचान पक्षधरहरूले कोशी प्रदेश नामांकनको विरोधमा प्रदेशसहित संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन गर्दै आएका छन् ।