खबर पूर्वाञ्चल
अवस्था सामान्य भएसंगै सचेत नेपाली महाअभियानले देशका विभिन्न स्थानहरुमा समेत प्रदर्शन गरिने जनाएको छ । सरकारले पास गर्न लागेको एम।सि।सि। खारेज हुनुपर्ने, कालापानी, लिपुलेख, लिम्पियाधुरा, नेपालको भएकोले इन्डियन सेनालाइ तत्काल कालापानीबाट हटाउन पहल गर्नु पर्ने, भ्रष्टाचारी र बलत्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग उनीहरूको छ । सचेत नेपाली महाअभियानका राष्ट्रिय सयोजक पुण्य प्रसाद प्रसाइको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।
कार्यक्रमलाई संवोधन गर्दै प्रसाइले देशमा भ्रष्टाचार, वेथितिले सीमा नाघेको, कोभिडको माहामारीको मौकामा सरकारको एम।सि।सि। पास गर्ने चलखेल हुनसक्ने हुंदा यसरी अभियान गर्नु पर्ने वाध्यता रहेको बताए। प्रदेश १ भित्रका कार्यक्रमहरु सफल पार्न प्रदेश १ का संयोजक, गजेन्द्र चौधरी तथा ज्ञानु विश्वकर्माको बिशेष पहल रहेको उनले बताए । प्रसाइले आगामि दिनमा सचेत नेपाली अभियान देश बिकाश र निकासका लागि पार्टिमा परिणत हुंदै देश र जनताको सेवामा समर्पित हुने योजनामा रहेको बताए ।