पूर्वाञ्चल खबर
पार्टी सभापति शेरवहादुर देउवाले एमसीसीको समर्थन गरिरहेको बेला डा. कोइरालाले संसदबाट जवरजस्त अनुमोदन गर्न नहुने बताएका हुन् । कृष्णप्रसाद कोइराला गुठीले काग्रेस नेतृ शैलजा आचार्यको ११ औ स्मृति दिवसको सन्दर्भमा आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कुनै पनि संघ, संगठन, व्यक्ति, संस्था वा देशले विना स्वार्थ कसैलाई सहयोग गर्न नसक्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा गरेको संवोधन जिम्मेवारपूर्ण नभएको बताए ।
कार्यक्रममा गुठी अध्यक्ष मिता आचार्य, कोषाध्यक्ष मोहनलाल महतो, पत्रकार अनन्तराज न्यौपाने र गैरसरकारी संस्था महासंघ मोरङ अध्यक्ष प्रभा अधिकारीलगायतले स्वर्गीय आचार्यको व्यक्तित्वबारे स्मरण गरे ।