खबर पूर्वाञ्चल
दुई जना गैर खेलाडी विद्यार्थी विद्यालयले खेलाएको पाइएपछि आयोजक प्याब्सन विराटनगरले ग्यालेक्सीलाई कारवाही गर्दै प्रतियोगिताबाट हटाएको हो ।
असार २ गते सहिद मैदानमा भएकोे पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा स्कुललाई टाइब्रेकरमा ३– २ गोलले पराजित गर्दै ग्यालेक्सी फाइनलमा पुगेको थियो । मोर्डन एरासँग भएको सेमिफाइनमा दुई जना विद्यार्थी ग्यालेक्सीमा नभएको विद्यार्थी खेलाएपछि प्याब्सन विराटनगरमा उजुरी परेको थियो । उजुरी परेपछि छानविन गर्दा ग्यालेक्सीका दुई जना खेलाडी विद्यालयमा अध्ययरत नभएको पाइएपछि कारवाही गरिएको खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए । ग्यालेक्सी कारवाहीमा परेपछि मोर्डन एरा फाइनमा पुगेको थियो । फाइनलमा खेलमा डिपिएसलाई १–० गोलले हराउँदै उपाधि जितेको छ ।
यस अघि हुने हिसानलगायत अन्य खेलमा पनि ग्यालेक्सीका सञ्चालक मनिष सोनीले स्कुल बाहिरकै खेलाडी खेलाउँने गरेर विवादीत स्कुल रहेको छ ।