पूर्वाञ्चल खबर
विराटनगरमा प्रदेश स्वास्थ्य निर्देशनालयको प्रदेश स्तरिय बार्षिक समीक्षा कार्यक्रममा मन्त्री साम्सोहाङले सो कुरा बताएका हुन् । उनले भने,‘ बाहिर हल्ला गरेजस्तो स्वास्थ्यको जिल्ला कार्यालय नै नरहने, स्वास्थ्यका हाकिम नै हुन नपाईने भन्ने हैन ।’ प्रदेश सरकारको २०७८/७९ को नीति तथा कार्यक्रम र प्रदेश सरकारको २०७८/७९ को बजेट वक्तव्यको अनुसारले नै प्रदेश सरकारले कार्य अघि बढाएको उनले बताए ।
सामाजिक विकास मन्त्रालयका सचिव कमल भट्टराईले प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसारनै एकद्वार प्रणालीबाट सेवा दिने तयारी थालिएको बताउनुभयो । उहाँले प्रतिवेदन अध्ययन गरेर मात्रै धारणा बनाउन पनि आग्रह गरे ।
जनस्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य कैलाश खाकी श्रेष्ठले प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालयको माग राखिरहेको समयमा स्वास्थ्य स्वास्थ्य सेवाको परिकल्पना भन्दा बाहिर गएर संगठन संरचना तयार गर्न खोजिएको बताए । उनले एकद्वार प्रणालीबाट सेवा दिने प्रदेश सरकारको तयारीको विरोध जनाए । उनले तत्काल स्वास्थ्य मन्त्रालय बनाउन प्रदेश सरकारको ध्यानाकर्षण समेत गराए । तीन दिने समीक्षामा स्वास्थ्यकर्मीहरुले एकिकृत सेवा प्रणालीबारे ठोस धारणा तय गर्नुपर्ने श्रेष्ठको भनाई छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, डा. मदन उपाध्याय, प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेत, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई लगायतले बोलेका थिए ।