animated ellipse animated ellipse

महानगर स्तरीय आईटीएफ तेक्वान्दो भोलीदेखि शुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० मंसिर २०८१, बिहीबार १८:४१
207
Shares
विराटनगर / दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता भोलीदेखि शुरु हुँदैछ ।

कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार महानगरभित्रका डोजाङ, क्लब र विद्यालयका खेलाडीहरुको सहभागिता रहेको छ ।

शनिबारसम्म हुने प्रतियोगितामा १ सय बढी महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहने छ । विराटनगर महानगरपालिका–१९ मिलन चोकमा हुने प्रतियोगितामा एकल स्पाइरिङ र एकल प्याटनका इभेन्टमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता आयोजना गर्दा करिब २ लाख ५० हजार खर्च हुने संयोजक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर