नेपाल पत्रकार महासंघ प्रदेश १को अध्यक्षमा तीन जनाको उम्मेदवारी,महिला उपाध्यक्ष र सहसचिब बाहेक सबैमा प्रेस युनियन, प्रेस चौतारी(नेपाल समुह) र प्रेस सेन्टरको गठनबन्धनबका वागि उम्मेदवार

खबर पूर्वाञ्चल, १९ चैत्र २०७७, बिहीबार २२:३३

विराटनगर / नेपाल पत्रकार महासङ्घ प्रदेश १ का लागि आज उम्मेदवारी दर्ता भएको छ । आगामी चैत २५ गते हुने निर्वाचनका लागि नेपाल पत्रकार महासंघको प्रदेश १ को २१ पदका लागि ५६ जनाको उम्मेदवारी परेको छ ।

महिला उपाध्यक्ष र सह–सचिव बाहेक सबैमा प्रेस युनियन, प्रेस चौतारी(नेपाल समुह) र प्रेस सेन्टरको गठनबन्धनबाट वागि उम्मेदवार दिएका छन्

निर्वाचन समितिका अनुुसार आज भएको उम्मेदवारी दर्ता कार्यक्रममा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा मोहन काजी, लिलाबल्लभ घिमिरे र सोमनाथ सुसेलीले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन् ।

मोहन काजी प्रेस चौतारीका हुन भने घिमिरे प्रेस युनियन, प्रेस चौतारी(नेपाल समुह) र प्रेस सेन्टरको गठनबन्धनबाट उम्मेदवारी दिएका हुन् । सुसेली भने प्रेस युनियन, प्रेस चौतारी(नेपाल समुह) र प्रेस सेन्टरको गठनबन्धनबाट बागी उम्मेदवारी हुन् ।

एक जना खुल्ला उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी छ । खुल्ला उपाध्यक्षमा अर्जुन जम्मेली राई, रोहित कुमा राइ र लवदेव ढुंगाना उम्मेदवारी दर्ता गराएका छन् । यस्तै एक जना महिला उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । कोकिला ढकाल र हिमाकुमारी चेम्जोङले महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी छिन् । एक जना महासचिवमा चार जनाको उम्मेदवारी परेको छ । महासचिवमा बिवेक गौतम, फिफराज बेघा लिम्बु, बन्धु पोखरेल र शिशा राई (श्रीप्रसाद) छन् ।

खुल्लातर्फ एक जना सचिबमा तीन जनाको उम्मेदवारी परेको छ । खुल्ला सचिवमा कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बु छन् । यस्तै समावेशी सचिबमा सन्तवीर लामा र सन्तोष यादवको उम्मेदवारी दर्ता गराएका छन् ।

कोषाध्यक्षमा गणेश साम्पाङ, विमल लामिछाने ‘बुद्धि’ र सन्तोष रुचालले उम्मेदवारी दिएका छन् । पाँच जना खुल्ला सदस्यको पदमा १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यहरूमा कमल रिमाल, केशरबहादुर चौहान(केदार), केशव भट्टराई, गोपालप्रसाद पोखरेल, टिकाराम उप्रेती, तेजेन्द्र भण्डारी, तोयानाथ भट्टराई, ध्रुव भट्टराई, मिनराज (प्रवास) उप्रेती, युवराज विवश, लिलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाँई र सुरेन्द्र भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

तीन जना महिला सदस्यको पदमा ७ जनाको उम्मेदवारी परेको छ । देविका चाम्लिङ राई, विनादेवी तामाङ, विनु तिम्सिना, माला पालुङ, शुभद्रा प्याकुरेल, सुमित्रा कोइराला र सुशीला पाठकले महिला सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

दलित सदस्यमा पिबी दियाली र रणध्वज लोहारले उम्मेदवारी दिएका छन् । आदिवासी जनजाति सदस्यमा उपेन्द्र चाम्लिङ, दिलकुमार लावती,विष्णु सुब्बा र यमनकुमार दनुवारले उम्मेदवारी दिएका छन् । दुई जना मधेशी सदस्यको पदमा पाँच जनाले उम्मेदवारी दिएका छन् । मधेशी सदस्यहरुमा चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फुलचन्द मेहता, ब्रम्हदेव यादव र सुर्यनारायण यादवले उम्मेदवारी दर्ता गराएका छन् । अल्पसंख्यक सदस्यमा तावील अन्सारी, लिलाबहादुर सुनुवार र विजय धिमालले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका अनुसार उम्मेदवारको प्रकाशित नामावली उपर दावी विरोधको समय चैत २० गते दिउँसो १ बजेसम्मका लागि तोकिएको छ । महासंघको चुनाव आगामी चैत २५ गते हुँदैछ । प्रदेश १ मा १ हजार ६ सय बढी मतदाता रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५