खबर पूर्वाञ्चल
सुनचाँदी पसलबाट आज दिउँसो ठुलो परिमाणमा तस्करीको चाँदीको गरगहना बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सञ्चालकलाई अहिले विराटनगर भन्सार कार्यालयमा रहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेका जाना भारतीय नागरिक हुन् । उनले पिचरामा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले बरामद गरेको चाँदीको गरगहना अहिले भन्सार कार्यालयमा राखिएको बताए । ‘बरामद गरिएको चाँदी तौलिने काम हुन लागेको छ,’ उनले भने, ‘तौलिएपछि परिमाण थाहा हुनेछ ।’ सुनचाँदी व्यवसायी संघका प्रतिनिधि समेतलाई राखेर तौलिने काम हुन लागेको उनले बताए ।
विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा छापा हानेर चाँदी बरामद गरिएको हो । बरामद गरिएको चाँदीको बिलबिजक छैन । बरामद गरिएको चाँदीको गरगहना पाँच वटा प्लास्टिकको बोरामा हालेर लगिएको छ ।