AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमएमकप फाउण्डेशनद्वारा राष्ट्रिय महिला क्रिकेट खेलाडीलाई ब्याट वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ आश्विन २०७८, बुधबार १८:३४
252
Shares
सुनसरी / मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही एक थान क्रिकेट ब्याट हस्तान्तरण गरेको छ ।

इटहरीमा आज एक कार्यक्रमका बिच सेन्टरले राष्ट्रिय महिला क्रिकेट टिमकी क्याप्टेन रुविना क्षेत्री सहितप्रदेश १ र २ का एघार जना खेलाडीलाई ब्याट वितरण गरेको हो । महेन्द्र मेमोरियल एकेडेमी दुहबीका निर्देशक निश्चलराज शाक्यको प्रायोजनमा १५ हजार मुल्य बराबरको ब्याट वितरण गरिएको सेन्टरका अध्यक्ष विप्लब घोषले बताए ।

क्रिकेटका खेल सामाग्री महंगो भैरहेको अवस्थामा निःशुल्क रुपमा पाएको स्तरिय ब्याटले खेलाडीहरुको प्रदर्शनमा सहयोग पुग्ने महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटाले बताए । मनमोहन मेमोरियल क्रिकेट सेन्टरले प्रत्येक बर्ष मनमोहन मेमोरियल एक दिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगा गराउँदै आएको छ । यस्तै क्रिकेट खेलाडीहरुलाई बिभिन्न सहयोग र हकहितको क्षेत्रमाकामगर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर