विराटनगर – ९ रेम्बो गल्लीमा एपिक डाइनर एण्ड ग्रिल रेस्टुरेण्ट सञ्चालनमा

खबर पूर्वाञ्चल, ७ माघ २०७९, शनिबार १५:४५
10.69k
Shares

विराटनगर / विराटनगर – ९ रेम्बो गल्लीमा एपिक डाइनर एण्ड ग्रिल चिकेन रेस्टुरेण्ट सञ्चालनमा आएको छ । विराटनगर ८ का ३ युवाहरुले एपिक डाइनर एण्ड ग्रिल चिकेन रेस्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।

ग्रिन चिकेन तन्दुरी बनाउँदै

मनिष भट्टराई, सन्दीप प्याकुरेल र प्रविन घिमिरेको १ करोड ५० लाख रूपैयाँ लागतमा सञ्चालनमा आएको एपिक डाइनर एण्ड ग्रिल चेस्टुरेण्टको लोकप्रिय परिकार नेपाली खाना, ग्रिल चिकेन, चिकेन तन्दुरी र इन्डियन कुर्जिमा रहेको सञ्चालक सन्दीप प्याकुरेलले बताए । ग्रिल चिकेन हामीले मेसिनबाट पकाउँने भएकोले स्वादिष्ट बताए । प्रदेश १ भरि मेसिनबाट कतै पनि ग्रिन चिकेन नपकाउँने उनले दावी गरे ।

नेपालीलगायतको अन्य खाजाको परिकारहरू पनि पाइने सञ्चालक मनिषले जानकारी दिए । ‘स्तरीय परिकार खुवाउनु हरेक ग्राहकहरुलाई सन्तुष्ट पार्नु हाम्रो लक्ष्य हो र यसमा सफल पनि हुनेछौं उनले भने ।

रेस्टुरेण्टको ९० वर्षीय वृद्धा रम्मादेवी ढुङ्गेलले केक काटेर उन्घाटन गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५