AArya
animated ellipse animated ellipse

घरेलु तथा साना उद्योग महासंघको अधिवेशन चैत ३ गते हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ फाल्गुन २०८०, बुधबार १७:१३
756
Shares
विराटनगर / नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २५ औं साधारण सभा र १२ औं जिल्ला अधिवेशन हुने भएको छ ।

महासंघ अन्तरगतको महिला उद्यम समिति मोरङको २१ औं साधारणसभा र १० औं अधिवेशन चैत ३ गते विराटनगरमा हुने भएको हो ।

महासंघले आज पत्रकार सम्मेलन गरी अधिवेशनमा एक दिने घरेलु तथा साना उद्योगले उत्पादन गरेको बस्तुहरूको प्रर्दशन पनि गरिने जानकारी गराएको छ । प्रर्दशनीमा घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेको ६० भन्दा बढी स्टलहरू प्रर्दशनीमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतननाथ निरौलाले जानकारी दिए । एक दिने प्रर्दशनीमा कृषि, पशु, हस्तकला, स्थानीय उत्पादित विभिन्न बस्तुहरु, चिया, ढाका, जुक्ता, चप्पल, कस्मेटिक र विशेष गरी महिला उद्यागीहरुले उत्पादन गरेको बस्तुहरु प्रर्दशनी राखिने उनले बताए । ‘

अहिले घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेको बस्तुको बजारीकरण नभएर समस्या भएको छ । जसले गर्दा उत्पादित बस्तुले बजार पाएको छैन । खुल्ला सीमाको कारणले चोरी तस्करी भएर विभिन्न बस्तुहरु आयत हुने गर्दछ । जसको प्रत्यक्ष असर यहाँका घरेलु तथा साना उद्योगलाई परेको छ,’ अध्यक्ष निरौलाले भने, ‘यहाँको स्थानीय उद्यमीहरुले उत्पादन गरेको बस्तुको बजारीकरण गर्न हामीले प्रर्दशन राख्न लागेका हौं ।’

२०४७ साल जेठ २४ गते स्थापना भएको महासंघमा देशरभीमा ९० हजार भन्दा बढी उद्यमीहरु संगठित भएका छन् । मोरङमा ३० हजार भन्दा बढी घरेलु, साना, कृषि र अन्य उद्योगहरु संचालनमा रहेको अध्यक्ष निरौलाले बताए । ३० हजार भन्दा बढी उद्योगमा ४५ अर्बको लगानी रहेको उनले बताए । तीन लाख भन्दा बढीले रोजगारी पाएको दाबी गरिएको छ । महासंघमा ४ हजार भन्दा बढी सदस्य रहेको, पाँच बस्तुगत संघ, ८ पालिका महासंघ, १७ आजिवन सदस्य रहेको उनले बताए ।

महासंघको अधिवेशनबाट जिल्ला कार्यसमितिमा २५ जना र महिला उद्यम समितिमा १७ जनाको निर्वाचित कार्यसमिति हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर