RUMPUM
animated ellipse animated ellipse

आमा र काकाको हत्याको आरोपमा छोरा पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ आश्विन २०७९, आईतवार ११:२४
342
Shares
दमक / पारिवारिक विवादका कारण आमा र काकाको हत्याको आरोपमा छोरा पक्राउ परेका छन् ।

शनिबार राति झापाको कमल गाउँपालिका–२ सिमलडाँगीका चन्द्रकला माझी र सन्तबहादुर माझीको खुकुरी प्रहार गरी हत्या भएको हो । हत्या आरोपमा २३ वर्षका चन्द्रबहादुर माझी पक्राउ परेका छन् । उनी चन्द्रकलाको छोरा र सन्तबहादुरको भतिज हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति साढे १० बजे अलग अलग कोठामा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र सोही उमेरका काका सन्तबहादुरलाई चन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

घटनापछि भाग्दै गरेका चन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । दुवै जनाको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।

पारिवारिक विवादका कारण आमा र काकाको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर