विराटनगर / नजिकै आउँदै गरेको नेपालीहरुको दोस्रो चाड तिहार एवं छठ पर्वमा पड्काइने पटकाको चोरी पैठारी नियन्त्रण गर्नुपर्ने सुझाव पालिका प्रमुखहरुले दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आज विराटनगरमा आयोजित विपद व्यवस्थापन समितिले आयोजना गरेको छलफल कार्यक्रममा उहाँहरुले सुरक्षाकर्मीहरुले सीमा नाकामा पट्काको अत्यन्त कडाईका साथ चोरी तस्करी नियन्त्रण गर्नु पर्नेमा जोए ।
यस्तै तिहार एवं छठमा पटकाबाट हुन सक्ने आगलागी तथा दुई महिना पछि हुने सितलहरवाट सर्वसाधारणलाई जोगाउन न्यानो कम्वल, दाउरा आदिको व्यवस्था गर्न पूर्व तयारी गर्नुपर्ने जोड सहभागीहरुले दिए ।
विराटनगर महानगरपालिकाले नेपाल खानेपानी संस्थान शाखा कार्यालयलाई जाइकाको सहयोगमा निर्माण गरिने स्वच्छ खानेपानी पूर्वाधार निर्माणका लागि वडा नं ५ मा १३ कट्टा जग्गा उपलव्ध गराउने व्यवस्थापन समितिले सिफारिश गर्ने निर्णय गरेको छ ।
छलफलमा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले विराटनगर– रंगेली क्षेत्रमा अविलम्व हुलाकी सडक पुनः निर्माण सुचार गर्न सबन्धित निकायको वैठक चाँडै राख्ने बताए ।
छलफलमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले देउसी भैलो कार्यक्रम राति १० बजेसम्म खेल्न आग्रह गरे ।
रंगेली नगरपालिका प्रमुख दिलिप अग्रवाल, वेलवारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, धनपाल गाउँपालिकाका प्रमुख जिवछ गच्छदार, नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर राइर्, नेकपा एमालेका बाबुराम कार्की, राप्रपाका राजेश मास्के र नेकांका पंकज वर्मा लगायतले आगामी चाडपर्व तडक भडक विना सम्भ र सुरक्षित भएर मनाउन सबैलाई आग्रह गरे ।
छलफल कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय निकायका प्रमुखहरु,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सङ्घीय कार्यालय तथा प्रदेश सरकारका कार्यालयका प्रमुखहरु,सुरक्षा निकायका प्रमुखहरु, गैर सरकारी सङ्घसंस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।(फोटो उपलव्ध छ)–––