animated ellipse animated ellipse

मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ मंसिर २०८१, सोमबार ०८:५५
531
Shares
विराटनगर / मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी निर्वाचित भएका छन् ।

केहीवेर अघि सम्पन्न अन्तिम मतपरिणाम अनुसार माझीले ६ हजार ९ सय ६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३३३ मत प्राप्त गरे। तस्रो भएका नेकपा एमालेका तुल्सीराम विश्वासले ४ हजार १५९”मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ग्रामथानका अध्यक्ष पदमा एक स्वतन्त्र सहित १५ राजनीतिक दलका १६ जनाले उम्मेदवारी दिएका थिए ।

गत असार ३ गते ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि अध्यक्ष पदका लागि हिजो मतदान भएको हो ।
०७४ मा एमाले, ०७९ मा नेपाली कांग्रेस र ८१ उपनिर्वाचनमा माओवादीले ग्रामथानको अध्यक्षमा निर्वाचित भएको छ ।

ग्रामथानमा २६ हजार ४४ मतदाता रहेको १८ हजार ५७७ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर