AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघमा साह निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ पुष २०८२, बिहीबार १७:२७
324
Shares
विराटनगर/पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा नरेशकुमार साह निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनमा साह ४५ मत प्राप्त गरि निर्वाचित भए भने उनँका निकटतम प्रतिद्वन्दी नविन लामिछानेले ४४ मत प्राप्त गरे । त्यस्तै भुपेन्द्र बाह्रकोटीले २९ र डाक्टर निरज मिश्रले १५ मत प्राप्त गरे ।

उपसभापतिमा दृष्टि वस्ती विजयी भइन् । ५३ मत ल्याएर वस्ती विजयी भइन भने । उनका निकटतम प्रतिद्वन्दी जीवन थापाले ४६ र शंकरप्रसाद भण्डारीले ३४ मत प्राप्त गरे । त्यसैगरी महासचिवमा डा. प्रशन्न दाहाल ८६ मत ल्याएर विजयी भ एभने उनका प्रतिद्वन्दी दुर्गाप्रसाद बास्तोला(देपेश)ले ४७ मत प्राप्त गरे । ७३ मत ल्याएर सचिवमा पुकार चौधरी विजयी भए भने उनको निकटतम प्रतिद्वन्दी दिक्षा पौडेलले ६० मत प्राप्त गरिन् । कोषाध्यक्षमा भने प्रमलिा सिन्हा विजयी भइन् । उनले ६९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी अविनाशकुमार मण्डलले ६३ मत प्राप्त गरे ।

आठ जना केन्द्रीय सदस्य भने यसअघि नै निर्वाचित भइसकेका छन् । खुल्ला सदस्यमा रोहित शर्मा र भोला नाथ लुुईंटेल निर्विरोध निर्वाचित भए । त्यस्तै, महिला सदस्यमा अस्मिता श्रेष्ठ, ईञ्जिनियरिङ क्याम्पसबाट जगरनाथ साह, कृषि तथा वन विज्ञान क्याम्पसबाट मदनबहादुर थापा निर्विरोध निर्वाचित भए । त्यसैगरी विज्ञान तथा प्रविधि क्याम्पसबाट राकेश ठाकुर, मेडिकल क्याम्पसबाट सुशिल रेग्मी, शिक्षण अस्पतालबाट राकेशकुमार अधिकारी, व्यवस्थापन क्याम्पसबाट प्रदिप के.सी. र जनता आदर्श बहुमुखी क्याम्पसबाट मनोजकुमार मेहता निर्विरोध निर्वाचित भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर