AArya
RUMPUM
animated ellipse animated ellipse

गुडिरहेको टिपरमा लाग्यो आगो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ बैशाख २०८२, सोमबार १९:२३
45
Shares
विराटनगर / विराटनगरमा गुडिरहेको टिपरमा आगो लागेको छ ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१९ मिलन चोकमा प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा आज दिउँसो साढे २ बजेतिर एक्कासि आगो लागेको हो ।

विराटचोकबाट सुनसरीको बर्जुतर्फ बालुवा लिएर जाँदै गरेको टिपर सुनसरीको इनरुवा नगरपालिका–३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए । टिपरमा कसरी एक्कासि आगलागी भयो भन्नेबारे कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । यद्यपि, तार सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर