सुनसरी प्रहरीले धमाधम फक्रिदै फरार अपराधि, महिना दिनमा २ सय ३८ फन्दामा

खबर पूर्वाञ्चल, २६ श्रावण २०७८, मंगलवार १६:३६

विराटनगर / प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा सुनसरी प्रहरी प्रमुखको जिम्मेवार समालेर आएपछि विभिन्न अपराधमा संलग्न प्रतिवादीहरू धमाधम पक्राउ पर्न थालेका छन् ।

‘फरार प्रतिवादी’ पक्राउ गर्ने अभियान सुरू गरेपछि सुनसरीमा घटेका विभिन्न अपराधमा संलग्न भई अदालतदेखि कैद सजाय तोकिएका प्रतिवादीहरूलाई सुनसरी प्रहरीले धमाधम पक्राउ गर्न सफल भएको हो ।

अपराधमा संलग्न भई अदालतदेखि कैद सजाए तोकेपछि फरार भएका प्रतिवादीलाई पक्राउ गरिन सुनसरी प्रहरीले अभियान चलाएको थियो । उक्त फरार प्रतिवादी पक्राउ गरिने अभियान सुरू गरेपछि एक महिनामा ठूलो संख्यामा अपराध संलग्न भई कैद सजाए पाएका प्रतिवादी पक्राउ परेका छन् । साउन १ देखि सुरू भएको यो अभियान अन्तरगत सुनसरी प्रहरीले हालसम्म २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जय सिंह थापाले जानकारी दिए ।

पक्राउ पर्ने जघन्य प्रकृतिका अपराधमा संलग्न प्रतिवादीहरू रहेका छन् । ‘अहिले हामीले चलाएको अभियान अपराधीक घटना घटाई समाजमा निस्फिक्री हिड्ने प्रवृतिका विरुद्द लक्षित रहेको छ । अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिदैन वा कानूनी दायरावाट उम्कन सकिदैन भन्ने सन्देश यो अभियानले दिएको छ,’ एसपी थापाले भने ।

विभिन्न मितिमा घटेका विभिन्न आपराधिक घटनामा संलग्न रहेकाहरुलाई सुनसरी अदालतवाट कैद र जरिवानातोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरु खोजी गरिन प्रहरीले छुट्टै टोली परिचान गर्ने गरेको छ । सुनसरी प्रहरीका विशेष टोली खटाएर फरार प्रतिवादी पक्राउ परेका हुन् ।

सुनसरी प्रहरीले पक्राउ गरेको फरार प्रतिवादीहरूमा कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकिएकाहरू छन । पक्राउ परेका फरार प्रतिवादीहरुवाट ४९ वर्ष कैद सजाय फर्छ्योट भएको छ भने ९ लाख ३५ हजार ३ सय ५९ रूपैयाँ जरिवाना असुल गरेको सुनसरी प्रहरीले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ गर्ने क्रममा सुनसरी प्रहरीले कर्तब्य ज्यान मुद्दामा जन्म कैद सजाय तोकिएको अभियुक्तलाई पनि पक्राउ गरेको छ । प्रहरीले जन्म कैदको सजाय तोकिएको वसन्त खत्वेलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेका खत्वेले २०६६ वैशाख १६ गते आफ्नी ५ वर्षिया नातिनी सोशिलाकुमारी खत्वेलाई घाँटी वटारी मारेर प्लाष्टिकको वोरामा हालेर खेतमा गाडी फरार भएको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ परेका खत्वेलाई सुनसरी जिल्ला अदालतवाट जन्म कैद सजाय तोकेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५