उर्लाबारी ३ का वडाअध्यक्षले कुटे मजदुर

खबर पूर्वाञ्चल, १४ असार २०७९, मंगलवार १९:२९
405
Shares
विराटनगर / मोरङको उर्लाबारी नगरपालिका – ३ का वडाअध्यक्ष भिस्मराज बुढाथोकीले मजदुरलाई कुटपिट गरेका छन् । मदन भण्डारी ट्रमा सेन्टरको ओपीडि भवन निर्माणको क्रममा वडाअध्यक्ष बुढाथोकीले दुई जना मजदुरलाई कुटपिट गरेका हुन् ।

वडाअध्यक्ष बुढाथोकीले झापाको विर्तामोड नगरपालिका – ६ का २८ वर्षिय मो. सहिफु र सोही ठाउँका राजेश खानलाई सोमबार कुटपिट गरेको आरोप छ । प्रदेश सरकारको बजेटमा मदन भण्डारी ट्रमा सेन्टरको ओपीडि भवन निर्माण भइरहेको छ । भवन निमार्णमा मजदुर सहिफु र खान काम गर्दै आएका थिए । अनुगमन गर्ने भन्दै वडाअध्यक्ष बुढाथोकी सोमबार दिउँसो अस्पताल आएका थिए । ‘अस्पताल आउने बित्तिकै वडाअध्यक्षले सिमेन्टको फोटो खिच्नुभयो । त्यसपछि हामीलाई सोध्नुभयो, किन पीपीसि सिमेन्ट प्रयोग गरेको ? भन्नुभयो । साहुजीले जस्तो ल्याइदिनुहुन्छ हामीले त तेही प्रयोग गर्ने हो नि ! भनेको मात्र थियौं । वडाअध्यक्षले अपशब्द प्रयोग गर्दै मलाई गालामा एक थप्पड हान्नुभयो,’ राजेशले भने, ‘त्यसपछि दाजु सहिफुले किन भाइलाई गालि गरेको भन्दा । त किन बाठो भको भन्दै दाजुलाई पनि कुटपिट गर्दै भेस्ट च्यातिदिनुभएको छ ।’

वडाअध्यक्षसहित अन्य दुई जना युवाहरुलाई ल्याएर कुटपिट गरेको उनीहरुको भनाई छ । वडाअध्यक्ष सहित आएका दुई जनासमेतले लात्ती र मुक्का प्रहार गरेको पीडित राजेशले बताए । ‘हामीले सोध्नुनै गल्ती भएछ । त्यसको लागि हामीले माफी पनि मागेका थियौं । तर, जनताद्धारा निर्वाचित जनप्रतिनधी हुनुभएको वडाअध्यक्षले हामीमाथि अमानविय हर्कत देखाउनुभयो,’ राजेशले भने ।

यता वडाअध्यक्ष बुढाथोकीले भवन निर्माणको क्रममा अनुगमन गर्ने क्रममा सामान्य भनाभन मात्र भएको बताए । ‘भवन निर्माण भइरहेको थियो । मैले कामलाई छिटो र गुणस्तरीय बनाउनु पर्छ भन्दै सम्झाइ बुझाइमात्र गरेको हो,’ वडाअध्यक्ष बुढाथोकीले भने, ‘मैले मजदुरहरुलाई कुटपिट गरेको छुइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५