पूर्वाञ्चल खबर
वर्षेनी वडाको पश्चिमतर्फ रहेको केशलिया खोलाले डुबान समस्या ल्याउने बताएका भट्टराईले संघीय र प्रदेश सरकारसंग वडाबाट पहल गर्दै पाँच वर्षीय बहुयोजना अघि बढाउने बताएका हुन् । सो बहुयोजनासंगै हाल वर्षेनी वडाबासीले खेप्दै आएको डुबान समस्यालाई हल गर्नेमा आफू केन्द्रित रहने भटट्राईले बताए ।
युवा र रोजगारीलाई प्रथामिकतामा राखेको बताउँदै भट्टराईले बर्षेनी करिब १ सय रोजगारी स्थानीय उद्योग क्षेत्रको समन्वयमा ब्यवस्थापन गर्ने योजना रहेको प्रस्टाए। युवालाई उनले निःशुल्क रुपमा वडाका विभिन्न १० स्थानमा खुल्ला शारिरीक सुगठनको स्थान बनाउने उनले जानकारी दिए । वडामा विपन्न तथा दलित समुदायको बसोबास रहेको बताएका भट्टराईले उनीहरुको केटाकेटीलाई शिक्षातर्फ आकर्षित गर्दै छात्रवृत्तिमा अध्ययनको वातावरण मिलाउने जानकारी दिए।
घरघरमा निस्कने फोहर ब्यवस्थापनका लागिसमेत आफूले विशेष पहल गर्ने बताएका अध्यक्षका उम्मेदवार भट्टराईले फोहरबाट प्राङरिक मल बनाउदै सदुपयोग गर्ने वातावरण बनाउने प्रस्टाए । सो वडामा मतदाता संख्या ९ हजार रहेको छ ।