ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महेन्द्र मोरङ क्याम्पसमा स्ववियू चुनाव, २ बजेसम्म २ हजार मत खस्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ चैत्र २०८१, मंगलवार १५:०३
225
Shares
विराटनगर /विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी रहेको छ ।

अघिल्लो निर्वाचनमा विजयी बनेको नेविसंघले यस पटक प्रज्ज्वल विष्टलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको माओवादी निकट अखिल क्रान्तिकारीले रोहित यादवलाई उम्मेदवार बनाएको छ । यस्तै एमाले निकट अनेरास्ववियुले अनीश बोगटीलाई उम्मेदवार बनाएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन् ।

महेन्द्र मोरङ क्याम्पसमा २ दुई हजार ८९० जना छात्रा र ३ हजार ९४ जना छात्र मतदाता छन् । मोरङस्थित ३ वटा आङ्गिक कलेज र ५ वटा सम्बन्धन प्राप्त गरी जम्मा ८ वटा कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जारी रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर