खबर पूर्वाञ्चल
सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ८५, इटहरीमा २६, इनरुवा, रामधुनी र बराहक्षेत्रमा २–२, दुहवी, गढी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा २२, दमकमा २१, भद्रपुरमा ११, कनकाईमा ९, मेचीनगरमा ८, अर्जुनधारा र बुद्धशान्तिमा ५–५, गौरादहमा ४, हल्दिबारीमा ३, शिवसताक्षीमा २, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५५, केराबारीमा ११, पथरीशनिश्चरेमा ६, सुन्दरहरैचामा ५, कटहरीमा २, उर्लाबारी, बुढीगंगा, रतुवामाई र लेटाङमा १–१, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुली र मांसेबुङमा १–१, खोटाङको खोटेहाङ र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७४ हजार ५५० पुगेको छ । संक्रमित भएका मध्ये ६७ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् । आज भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६४९ रहेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८ जना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या १३३३ पुगेको छ । जस्मा ३९९ महिला र ९३३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा सवै भन्दा बढी झापा स्थाय िघर भएका ६ जना संक्रमितको मृत्यु भएको छ भने सुनसरीका ५ जनाको मृत्यु भएको छ । त्यस्तै धनकुटाका २ जना, उदयपुर,संखुवासभा, इलाम, ओखलढुंगा र प्रदेश १ बाहिरको १–१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
धरानको विपि कोइराला विज्ञान प्रतिष्ठानमा ४ जना, विराटनगरको कोशी अञ्चल अस्पतालमा ३ जना तथा मेची अस्पताल झापा,आम्दा अस्पताल दमक र जिल्ला अस्पताल धनकुटामा २–२, विर्तामोडको विर्तासिटि अस्पताल, विर्तामोडकै वि एण्ड सि अस्पताल, विराटनगरको नोवेल शिक्षण अस्पताल, बुढीगंगा गापाको विराट शिक्षण अस्पताल र मिसन अस्पताल ओखलढुगामा १–१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।