animated ellipse animated ellipse

नेपाल मारवाडी क्रिकेट लिग विराटनगर, भैरहवा र काठमाण्डौंमा हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० बैशाख २०८१, बिहीबार १६:४४
216
Shares
विराटनगर / चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता वैशाख २२ देखि शुरु हुँदैछ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा प्रतियोगिता जेठ ५ गतेसम्म चल्ने छ ।

संगठनले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर विराटनगर, भैरहवा र काठमाडौंमा नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता सञ्चालन हुने मुख्य संयोजक गोपाल अग्रवालले बताए ।

प्रतियोगितामा १४ टिमको सहभागिता रहनेछ । विराटनगर महानगरपालिकाको वडा १९ स्थित बैजनाथपुर क्रिकेट रंगशालामा ९ टिमले १६ वटा म्याच खेल्ने छ । भैरहवामा ५ टिमले १० वटा म्याच खेल्ने छ । लिग चरणमा खेलाइएको खेलको विजेताहरू मध्ये अंकको हिसाबले सर्वाधिक अंक प्राप्त गर्ने दुई दुई वटा टिम सेमिफाइनल खेलका लागि छनौट हुने छन् ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल काठमाडौंको मूलपानी स्थित क्रिकेट मैदानमा हुनेछ । २०८१ जेठ ४ गते सेमिफाइनल र जेठ ५ गते फाइनल खेल खेलाइने छ । प्रतियोगिताको विजेता टिमले ७१ हजार र उपविजेता टिमले ४१ हजार नगद सहित सिल्ड प्राप्त गर्ने छन् । नेपाल राष्ट्रिय मारवाडी युवा संगठन अन्तर्गत देशको विभिन्न भागमा बसोवास गरी रहेका २६ युवा मञ्चहरु मध्ये १५ मञ्चको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगितामा सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर