RUMPUM
animated ellipse animated ellipse

अन्तर स्कुल क्रिकेट प्रतियोगितामा विजयी हुँदै कोशी र अरनिको स्कुल क्वाटरफाइनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ फाल्गुन २०८०, सोमबार १६:३७
1.99k
Shares
विराटनगर / नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा कोशी मोडेलले राइजिङ नेपाललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको राइजिङले निर्धारित १७ ओभर ९ विकेट गुमाई ७७ रन बनाएको थियो । जस्मा महमद इरफानले सर्वाधिक २७ रन बनाए । कोशीका रविन मण्डलले ३ विकेट लिए ।

७८ रनको लक्ष्य पछ्याएको कोशीले ५ दशमलव २ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । कोशीको जितमा म्यान अफ द म्याच रविन मण्डलले सर्वाधिक ६५ रनमा अविजित रहे । राइजिङका महमद समिर आलमले २ विकेट लिए ।

दोस्रो खेलमा अरनिको स्कुलले सगरमाथा स्कुललाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३६ रनको योगफल तयार पारेको थियो । जस्मा अमन यादव ३२ रन बनाउँदा लुसाङ गुरुङले २९ रनको योगदान दिए । सगरमाथाका विखिल साहले ३ विकेट लिए ।

१ सय ३७ रनको विजयी लक्ष्य पाएको सगरमाथाले ११ ओभरमा सवै विकेट गुमाई ४४ रनमा सिमित भयो । जस्मा सौरभ रायले सर्वाधिक ११ रन बनाए । अरनिकोका म्यान अफ म्याच लुसाङ गुरुङले सर्वाधिक ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर