animated ellipse animated ellipse

सिलिचोङमा पहिरो जाँदा ११ बेपत्ता, उद्धारमा खटिएका १ को मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ असार २०७७, आईतवार १६:२१
3
Shares
फाइल फोटो
संखुवासभा/ संखुवासभा सिलिचोङ गाउँपालिका १ बेसिन्दा स्थितमा अबिरल बर्षाको कारण पहिरो जाँदा ९ घर बगाएको छ चने ११ जना बेपत्ता भएका छन् ।

अविरल वर्षापछि आज बिहान गएको पहिरोले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । पहिरोमा परेकाको उद्धारमा खटिएका १ जनाको भने बेहोस भएर मृत्यु भएको छ ।

सिलिचोङमा पहिरो गएको खबर प्राप्तहुन साथ प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली घटनास्थल तर्फ खटि गएको छ । स्थानिय २ जना स्वास्थ्यकर्मी र स्थानिय मानिस सहितउद्धारमा खटिएको अवस्थामा हालसम्म ५ जनालाइ उद्धार गरी स्वास्थ्यकर्मीहरुबाट उपचार भईरहेको छ।

उद्धारमै खटिएको अवस्थामा स्थानिय २५ बर्षीय मदन राई एक्कासी वेहोस भएकोमा उनको आज बिहान सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । बेपत्ता भएका ११ जनाको खोजी कार्य भईरहेको संखुवासभा प्रहरीले जनाएको छ ।

स्थानीय ६० वर्षीय राममान राईको घरसहित उनको श्रीमती ५५ वर्षीया हस्तकुमारी राई, छोरीहरू २१ वर्षीया एन्जीला राई र ११ वर्षीया नम्रता राई बेपत्ता छन् । बेपत्ता एन्जिला गर्भवती थिइन् ।

जुद्धबहादुर राईको घरसँगै ६५ वर्षीया श्रीमती गोरीमाया राई र २२ वर्षीया छोरी प्रकृति राई बेपत्ता भएका छन् । जुद्धबहादुर भने गोठमा गएका कारण जोगिएका छन् ।

५२ वर्षीय जुद्धबहादुर राई (माने) र उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई घरसँगै बेपत्ता भएका छन् । ७० वर्षीया नजमाया राई पनि घरसँगै बेपत्ता भएकी छन् । ८४ वर्षीय हर्कराज राई र उनकी श्रीमती ८२ वर्षीया आईतमाया राई पनि पहिरोमा बेपत्ता भएका छन् । स्थानीय सन्दीप राई र सुभधन राईको घर पुरै बगाएको छ । उनको परिवार सम्पर्कमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर