animated ellipse animated ellipse

विविद्य कार्यक्रम गरी ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइयो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ माघ २०७९, बिहीबार १७:१०
72
Shares
विराटनगर / ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर माघ ६ देखि १२ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

आज भन्सार परिसरभित्र खुल्ला रक्तदान कार्यक्रम आयोजना गरियो । उक्त रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए । भन्सार दिवसको अवसर पारेर पहिलो दिन माघ ६ गते वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो । विराटनगर भन्सार कार्यालय परिसरभित्र एक सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवाहरू रोपेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्रप्रसाद ढुङ्गनाले जानकारी दिए ।

यसैगरी माघ ७ गते ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको थियो । ब्याडमिण्टन प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको थियो । माघ ८ गते भलिबल प्रतियोगिता आयोजना गरियो । भलिबलको प्रथम टान्स नेपाल भयो भने द्धितीय विराटनगर भन्सार कार्यालय भयो । यस्तै फुटबलको विजेता स्तन्त्र भन्सार एजेन्ट प्रतिनिधी संघ र द्धितीय विराटनगर भन्सार एजेन्ट संघ भयो ।

माघ ९ गते सामुदायिक विद्यालयहरूमा सचेतनामूलक कार्यक्रम गरिएको थियो । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र अधिकृतहरूबाट जुद्धेश्वरी मा.वि. जहदाका विद्यार्थीहरूलाई सचेतनामूलक र स्टेशनरी सामान वितरण कार्यक्रम गरिएको छ ।

विभिन्न खेलकुद प्रतियोगिताको विजेता तथा उपविजेता हुने टिमहरूलाई शिल्ड तथा प्रमाणपत्रहरू मोरङका प्रमुख जिल्ला अधिकारी काशाीराज दाहाल, मोरङ प्रहरी प्रमुख शान्तिराज कोइराला, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेलगायतले वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर