AArya
RUMPUM
animated ellipse animated ellipse

कोरोेना संक्रमित महोत्तरीका पुरुषको विराटनगरमा मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० भाद्र २०७७, बुधबार १२:५६
846
Shares
विराटनगर / कोरोेना भाइरस संक्रमित महोत्तरीका एक पुरुषको विराटनगरमा मृत्यु भएको छ ।

महोत्तरी घर भएका ६० वर्षीय पुरुषको न्युरो अस्पतालमा उपचारका क्रममा मंगलबार राति ११ बजे मृत्यु भएको हो । अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जीतराज बस्नेतका अनुसार मृतक पुरुष टाउकोको नसा सुकेर हातखुट्टा एवं शरीर चलाउन नसक्ने अवस्थाका थिए ।

शरीर नचल्ने अवस्था आएपछि उपचारका लागि उनलाई साउन ३१ गते न्युरो अस्पतालमा भर्ना गरिएको थियो । लक्षण देखिएपछि कोरोनाको आंशकामा उनको भदौ ३ गते स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा भदौ ७ गते आइतबार रिपोर्ट पोजेटिभ आएको बस्नेतको भनाइ छ ।

अस्पतालको कोभिड –१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स कमिटीको संयोजक समेत रहेका बस्नेतले पोजेटिभ रिपोर्ट आएपछि संक्रमितको उपचारका लागि अस्पतालले तयार गरेको आइसोलेसनमा पुरुषलाई भर्ना गरेर भेन्टिलेटरमा उपचार गर्ने काम भइरहे पनि बचाउन नसकिएको जानकारी दिए । उनले शव व्यवस्थापनका सवालमा सरोकारवाला निकायसँग छलफल भइरहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर