RUMPUM
animated ellipse animated ellipse

पहिचानको मुद्दामा एकजुट हुनुपर्नेमा जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ श्रावण २०८०, बुधबार १८:१४
189
Shares
विराटनगर/ पहिचानको मुद्दामा आदीवासी जनजातिहरू एकजुट भएर लागि परिए मात्र अधिकार स्थापित हुने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद विराटनगरले ३९ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा आज आयोजना गरिएको कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।

चुनावका वेला जातिय संघसंगठन पछि हट्ने र पहिचानविरोधी पार्टीलाई मत हाल्नाले पनि नेतृत्व गर्ने स्थानमा आदिवासी जनजातिको पहुँच नपुगेको उनीहरुले बताए । नेतृत्वमा आफ्नो पहुँच पु¥याउन आदिवासी जनजाति एक हुनुपर्नेमा उनीहरुले बताए ।

नेपाल आदिवासी जनजाति महासंघका प्रदेश अध्यक्ष धुव्र सुब्बाले राज्यबाट बहिष्करणमा परेकै कारण जनजातिहरुले अधिकार देऊ भन्दै माग गरिनुपर्ने अवस्था आएको उनले बताए । ‘हामी निषेधको राजनीति गर्दैनौं,’ उनले भने, ‘आफ्नो अधिकार स्थापित गर्न सबै एकजुट भएर लाग्नुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर