AArya
animated ellipse animated ellipse

प्रदेश १ मा १,०४२ संक्रमण मुक्त हुँदा थपिए ७१८ संक्रमित, मोरङबाट ५४५ जना संक्रमण मुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ जेष्ठ २०७८, बुधबार १९:१९
1.01k
Shares
विराटनगर / प्रदेश १ माआज १,०४२ जना कोरोना संक्रमण मुक्त हुँदा ७१८ जनामा संक्रमण पुष्टि भएको छ । दोस्रो लहरमा फैलिएको कोरोना भाइरस संक्रमणबाट यो अहिले सम्मकै उच्च कोराना मुक्त भएको हो

संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङबाट मात्रै आजै ५४५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको छ ।

प्रदेश १ मा आज थपिएका ७१८ जना संक्रमित मध्ये सवैभन्दा बढी मोरङमा ३०२, झापामा २९३, सुनसरीमा ४५, इलाममा २७, सोलुखुम्वुमा १३, धनकुटामा ७, उदयपुरमा ४, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७१ महिला र ९६ पुरुष सहित १६७, सुन्दरहरैचामा २६, पथरीशनिश्चरेमा २३, केराबारीमा २०, सुनबर्षी, उर्लाबारी र बुढीगंगामा १०–१०, रतुवामाई र लेटाङमा ९–९, कटहरीमा ५, जहदामा ४, रंगेलीमा ३, बेलबारी र ग्रामथानमा २–२, धनपालथान र कानेपोखरीमा१–१, झापाको विर्तामोडमा ७४, भद्रपुरमा ३८, बुद्धशान्ति र अर्जुनधारामा ३३–३३,कनकाईमा २८,मेचीनगरमा २१, दमकमा १५, शिवसताक्षीमा १४, बा¥हदशीमा १२, कचनकवल र गौरीगञ्जमा ५–५, हल्दिबारीमा ४, कमलगाउँपालिका र झापागाउँपालिकामा३–३, गौरादहमा १ र स्थानीयतहनखुलेका ४, सुनसरीको इटहरीमा १६, हरिनगरमा ८, दुहवीमा ६, रामधुनी, देवानगञ्ज र बर्जुमा ३–३, गढी, भोक्राहानरसिंह र कोशीगाउँपालिकामा२–२जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि इलामको माईजोगमाईमा ९, इलामनगरपालिकामा७, चुलाचुलीमा ४, सुर्योदयमा १ र स्थानीयतहनखुलेका ६, सोलुखुम्वुको नेचासल्यानमा७, माप्यदुधकोशीमा६, धनकुटाको धनकुटा नगरपालिकामा ४, छथर, पाख्रिवास र चौवीसेमा १–१, उदयपुरको रौतामाईमा १ र स्थानीयतहनखुलेका ३,खोटाङको बराहपोखरी, ऐसेलुखर्क र दिक्तेल रुपाकोट मझुवागढीमा १–१, पाँचथरको, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ५९ हजार ४६० पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार १०५ पुगेको छ । प्रदेश १ माआज १ हजार ८०२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २९९महिला र ४१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर