विराटनगर / विराटनगर ३ का युवा व्यवसायी प्रवेश पौडेलले विराटनगर १० ट्राफिक चोक रेम्बो गल्लीमा ‘द ट्रिट पोइन्ट’ खाजा घर सञ्चालनमा ल्याएका छन् ।
स्वच्छ र ताजा खाजाको लागि ‘द ट्रिट पोइन्ट’ खाजा घर संञ्चालनमा ल्याएको सञ्चालक पौडेलले बताए । अन्य खाजा घर भन्दा फरक तथा नयाँ तरिकाले सेवा प्रदान पौडेलले बताए । करिव १० लाखको लागतमा सञ्चालनमा आएको ‘द ट्रिट पोइन्ट’ खाजा घरमा ग्राहकहरुलाई वाइफाइ सेवा प्रदान नगरिने पौडेलले बताए । उनले भने,‘समयको व्यस्तताका कारण तथा इन्टरनेटको प्रयोगले साथिभाइहरुसँगको दुरी बढाइ रहेको छ ।’हाम्रो चाहना हो एकछिन समय भएको बेलामा साथिभाइहरुसँग गफ गर्दै खाजा खाने माहोल बनोस ।’
वाइफाइ कारण संगै भएको साथि पनि टाढा भएको महसुश हुने उनको भनाई छ । होम डेलिभर सेवासहित शान्त वातावरणका साथ छिटो, मिठो साथिभाईसँग रमाउदै खाजा खानको लागि ‘द ट्रिट पोइन्ट’ खाजाघर उपयुक्त हुने छ ।