खबर पूर्वाञ्चल
विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयसम्म अनुभव बटुलेका शिक्षकहरुको समूह नयाँ व्यवस्थापनमा आएकाले विराटनगरको उत्तरी क्षेत्र,बुढिगङ्गा र ग्रामथान क्षेत्रका विद्याथी र अभिभावक लाभान्वित हुने नव युक्त प्रिन्सिपल शंकर काफ्ले बताए ।
स्कल व्यवस्थापन समितको अध्यक्षमा डा. रीति साहरहेका छन् भने सञ्चालक सदस्यमा रुपा झा, स्वेता सिंह, होमा बस्नेत, यज्ञप्रसाद नेपाल, श्रीषा लुइटेल, दिपा रेग्मी, प्रशान्त पौडेल, खगेन्द्र पौडेल र आइसा दाहाललगायत रहेका छन् ।
एक कार्यक्रमका विच पूर्व अध्यक्ष तथा प्रिन्सिपल दिपकप्रसाद घिमिरेबाट विद्यालयको प्रगतिको कामनासहित नयाँ टिमलाई विद्यालय हस्तान्तरण गरे । शिक्षा र स्वास्थ्य दुवैलाई जोड्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्ने आधुनिक शिक्षामा जोड दिने अध्यक्ष डा.साहले बताए । यसैगरी प्रिन्सिपल काफ्लेले पूर्ण रुपमा मन्टेश्वरी,बालमैत्री वातावरण ,गुणस्तरीय शिक्षा साथै सिप संस्कारसहितको शिक्षा प्रदान गरिने बताए ।
तपाईको प्रतिक्रिया