ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘सन्तापको धून’ कथा संग्रहमाथि परिचर्चा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ माघ २०७९, शनिबार १८:५८
117
Shares
विराटनगर / कथाकार डा. अशोक थापाद्वारा लिखित ‘सन्तापको धून’ कथासंग्रहमाथि शनिबार विराटनगरमा परिचर्चा गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा थापाको कथासंग्रह सन्तापको धूनमाथि परिचर्चा गरिएको हो । कथासंग्रहमाथि साहित्यकार शुभलक्ष्मी लम्सालले टिप्पणी गरे । उनले कथासंग्रह संवेदनाले भरिएको दाबी गरे । नारी संवेदनादेखि वैदेशिक रोजगारीले पारेको असरका विषयलाई कथासंग्रहले सशक्त रुपमा उठान गरेको उनको भनाइ थियो । त्यस्तै समालोचक महेश पौड्यालले कथाकार थापाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे ।

वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, समालोचक भूषण ढुंगेल, साहित्यकार दिङ्लाली कान्छो, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले कथासंग्रहका विषयमा आ–आफ्ना दृष्टिकोण राखे । त्रिभुवन विश्वविद्यालयका प्राध्पाकसमेत रहेका थापाको पहिलो कथा संग्रहका रुपमा केही महिना अगाडि मात्रै प्रकाशित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर