खबर पूर्वाञ्चल
एक हप्ता अगाडी सरूवा भएर मोरङको प्रमुख जिल्ला अधिकारीको कार्यभाग समालेपछि उनले आज संचारकर्मीहरूसँग परिचयत्मक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले मातहतमा रहेको कार्यालयहरूबाट सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रभाहमा विशेष जोड दिदै जनमैत्री सेवा प्रदान गराउन लागि पर्ने बताए । उनले जिल्लामा शान्ति सुरक्षा कायम गराउँदै विकास निर्माणमा समन्वयकारी भूमिका खेल्ने बताए । दाहालले नयाँ संघीय संरचनामा कर्मचारी व्यवस्थापन पनि अर्को समस्या भएको बताए । सरकारी कार्यालयबाट हुने सेवालाई प्रभावकारी बाउन आफुले सक्दो पहल गरेर अगाडी बढने बताए । उनले ऐन कानुन प्रभावकारी कार्यान्वयनको लागि पहल गर्ने र बजारमा नियमन बढाउने बताए ।
खुल्ला सीमाको फाइदा उठाउँदै हुने चोरी, तस्करी पनि पुर्ण रुपमा रोकथाम र नियन्त्रणमा लागि पर्ने प्रजिअ दाहालको भनाई छ । ‘मोरङमा ६३ किलोमिटर क्षेत्रमा खुल्ला सीमा क्षेत्र रहेको छ । सीमाक्षेत्रदेखि चोरी तस्करी र अपराधमा नियन्त्रणमा पनि ध्यान केन्द्रीत गर्नेछु,’ उनले भने ।’ प्रजिअ दाहालले सरोकारवाला पक्षसँगको पहलमा कोभिड १९ न्यूनीकरणका लागि भइरहेको कामलाई पनि निरन्तरता दिए अगाडी बढने उनले बताए ।