विद्यालय नाटक महोत्सव : विद्यार्थीको नाटक गुरुकुलमा

खबर पूर्वाञ्चल, २१ भाद्र २०७९, मंगलवार १९:१५
162
Shares
विराटनगर / विराटनगरमा बुधबारदेखि विद्यालय नाटक महोत्सव शुरु हुने भएको छ ।

आरोहण–गुरुकुल विराटनगरको आयोजनामा बुधबारदेखि भदौ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० नाटक मञ्चन गरिने आयोजकले जनाएको छ । बुधबार उद्घाटनको दिन आयोजकले द बुल (साँढे) नामको नाटक मञ्चन गर्नेछ । त्यसपछिका ९ दिनमा दैनिक एउटा विद्यालयको एउटा नाटक मञ्चन हुनेछ ।

भदौ २३ गते मनकामना से.इ.बो. स्कूलले उद्धारकर्ता विवेक, भदौ २४ गते पूर्वाञ्चल विद्या सदन से.इ.बो. स्कूलले अँधेरी नगरी, भदौ २५ गते बुढानिलकण्ठ से.इ. स्कूलले प्रत्यागमन, भदौ २६ गते रञ्जनी एकेडेमिक इ. टिचिङ स्कूलले चोर, भदौ २७ गते सुम्निमा इ. स्कूलले भविष्य निर्माण मञ्चन गर्नेछ । त्यस्तै भदौ २८ गते मोर्डन एरा से.इ.बो. स्कूलले कोही निक बर्बाद होस्, भदौ २९ गते लक्ष्मीनारायण वेद विद्याश्रमले सुसंस्कृतम्, भदौ ३० गते कान्तिपुर से. स्कुलले खुट्टीमा झुण्डिएको कोट र भदौ ३१ गते अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ । सबै विद्यालयका नाटक दैनिक एक शो अपराह्न ४ बजे मञ्चन गरिने आयोजक आरोहण–गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

महोत्सवमा सहभागी हुनका लागि आवेदन दिएका विद्यालय मध्येबाट ९ विद्यालय छनौट गरी सहजिकरण तथा प्राविधिक सहयोग आयोजकले गरेको हो । सहभागी विद्यालयले शिक्षक तथा विद्यार्थीको निर्देशनमा तयार पारको नाटकमा विद्यार्थीलाई नै अभिनय गराएको छ ।

महोत्सवले विद्यालय, विद्यार्थी र रङ्गमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ । गुरुकुलले यसअघि ०७६ सालमा विद्यालय नाटक महोत्सव पहिलो पटक आयोजना गरेको थियो । त्यसयता कोरोना महामारीले आयोजना हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५