AArya
RUMPUM
animated ellipse animated ellipse

उर्लाबारी र नव प्रगतिसिल क्लब विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० पुष २०७८, मंगलवार १९:२६
135
Shares
विराटनगर / जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उर्लाबारी स्पोर्टिङ क्लब र नव प्रगतिशिल सेवा समाज विजयी भएका छन् ।

मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा नव प्रगतिशिल समाजले साइनो स्पोर्टिङ क्लबलाई ४–० गोलअन्तरमा पराजित गरेको छ । दोस्रो खेलमा उर्लाबारीले युनाइटेड स्पोर्टिङ क्लबलाई १–० गोलमा पराजितत गरेको छ ।

आजको पहिलो खेलमा नव प्रगतिशिलका रोशन राईले २२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । ४६ औं मिनेटमा डेनिम राईले गोल थपे । ६२ र ७६ औं मिनेटमा अंकित लिम्बूले गोल संख्या बढाए । ७९ औं मिनेटमा रोशन राईले गोल गर्दै टिमलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच रोशन राई घोषित भए ।

त्यसैगरी, दोस्रो खेलमा उर्लाबारीका संजय धिमालले ४८ औं मिनेटमा गरेको गोल निर्णाय बन्यो । खेलको म्यान अफ द म्याच युनाइटेडका गोलरक्षक सुमन राय घोषित भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर