खबर पूर्वाञ्चल
विराटनगर सहिद मैदानमा विभागीय टिम नेपाल पुलिस क्लब र सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजबीच फाइनल यात्राको लागि प्रतिस्पर्धा गर्दैछन् ।
आज जित्ने टिमले उपाधिको लागि थ्रीस्टारसँग सामना गर्नेछ । थ्रीस्टारले हिजो विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उपाधि नजिक पुगेको छ ।