AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुनसरीमा ३७ सहित प्रदेश १ मा थपिए ८० संक्रमित , प्रदेश १ मा संक्रमितको संख्या ४ हजार २ सय ५० नाघ्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ भाद्र २०७७, मंगलवार १८:३६
630
Shares
विराटनगर / सुनसरीमा ३७ सहित प्रदेश १ मा आज थप ८० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेश १ मा संक्रमितको संख्या ४ हजार २ सय ५७ पुगेको छ ।

सुनसरीबाहेक मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला ८ पुरुष, दुहवीमा ४ महिला ८ पुरुष, कोशी गाउँपालिकामा २ महिला १ पुरुष, गढी, रामधुनी, इनरुवा, धरानमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यता मोरङको विराटनगरमा ११ महिला ६ पुरुष, रतुवामाईका ३ र ग्रामथानका १ पुरुष, बुढीगंगाकी १ महिला, झापाको दमकमा २ महिला ४ पुरुष, शिवसताक्षीमा २ महिला १ पुरुष, गौरीगञ्जमा १ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, बा¥हदशी, मेचीनगर र कनकाईमा १–१ पुरुष, ओखलढुङ्गाको मानेभन्ज्याङका २ पुरुष, इलामकी १ महिला, उदयपुरको चौदण्डीगढीकी १ महिला र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १६ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङबाट ६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मेची अस्पताल झापाबाट ५–५ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय १२ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ६१५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला र ४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर