खबर पूर्वाञ्चल
छुट्टा –छुैट तीन विधामा मोर्डन एरा लिटल च्याम्प्स प्रतियोगिता भयो । सिंगीनतर्फको प्रथम दिवस न्यौपाने, डान्सिङ्ग सिनियरतर्फको प्रथम अनुसुया पौडेल, जुनियरतर्फको प्रथम सृष्टिका पराजुली र मोडलिङतर्फको प्रथम आभा चौधरी भइन् ।
सिंगीनतर्फको पब्लिक च्वाइस एवार्ड अभिनव दाहाल, डान्सिङ्ग सिनियरतर्फको सिनियर पब्लिक च्वाइस एवार्ड रिपुजा आचार्य, जुनियरतर्फको पब्लिक च्वाइस एवार्ड सदिक्षा खड्का घोषित भइन् ।
मोडलिङतर्फको प्रथम रनरअप लिजा खत्री, सेकेन्ड रनरअप सम्पदा पराजुली र पब्लिक च्वाइस एवार्ड करुना बस्नेत भइन् ।
उक्त प्रतियोगिताको सिंगिनमा ८ जना, डान्सिङमा १३ जना र मोडलिङमा १२ जना प्रतियोगि फाइनलमा पुगेका थिए । प्रतियोगिताको डान्समा रुपेश विश्वास, प्रकाश तिम्सिना, गायनमा सुमन श्रेष्ठ, मोडलिङमा इश्वर बास्कोटा र सन्चिता महतो निर्णायक रहेका थिए ।
स्कुलले अभिभावक दिवसको अवसर पारेर प्रत्येक वर्ष विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्न यस्तो प्रतियोगिता आयोजना गर्ने गरेको प्रिन्सिपल इन्द्र राईले जानकारी दिए । भाली भव्य कार्यक्रम आयोजना गरी अभिभाव भेला सम्पन्न गर्ने उनले बताए ।
अभिभावक दिवसको अवसरमा मोर्डन एरा अध्ययन गरेका पाँच जना विद्यार्थीहरुले एमबीबीएसमा छात्रवृत्तीमा नाम निकाल्नेहरुलाई पनि सम्मान गर्ने तयारी गरेको छ । जसमा आयूषा पोखरेल, अमित यादव, नितेस पोखरेल, निरज रेग्मी र रोहन खतिवडालाई सम्मान गर्ने भएको हो ।
सोही अवसरमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । मोर्डन एरा च्याम्सको उद्घाटन पूर्व सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले गरे ।
तपाईको प्रतिक्रिया