AArya
RUMPUM
animated ellipse animated ellipse

पेस्तोल र लागुऔषधसहित विराटनगरबाट यादव पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ श्रावण २०८३, बुधबार १४:२९
99
Shares
विराटनगर / प्रहरीले पेस्तोल र लागुऔषधसहित आज बिहानका राति विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट ५९ वर्षीय लालकिशोर यादव पक्राउ परेका हुन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार यादवको घरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले छापा हानेको थियो ।

घरको कोठा खानतलासी गर्दा यादवको साथबाट एक थान कटुवा पेस्तोल, लागुऔषध खैरो हेरोइन ३ ग्राम ०७ मिलिग्राम र ८ ग्राम ४८ मिलिग्राम गाँजा बरामद भएको डीएसपी मिश्रले बताए । पेस्तोल र लागुऔषध बरामद भएपछि प्रहरीले यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध हातहतियार खरखजना र लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर