RUMPUM
animated ellipse animated ellipse

सत्तारुढ गठबन्धनबाट विराटनगरमा कांग्रेसका नागेश र उपमेयरमा जसपाका उपेन्द्र पुत्र अमरेन्द्रले गरे उम्मेदवारी दर्ता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ बैशाख २०७९, सोमबार १५:२९
6.01k
Shares
विराटनगर / सत्तारुढ गठबन्धनबाट विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाज पार्टी (जसपा)का अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

जसपाबाट उपमेयरको उम्मेदवार बनेका यादव जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् । नागेश भने डा. शेखर कोइराला निकट मानिन्छन् । कोइरालाको गृहनगर विराटनगर महानगरपालिकाबाट कांग्रेसले मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डा.डिला संग्रौलाको पनि दाबेदारीलाई पन्छाउँदै टिकट पाएका हुन् ।

अर्याल र संग्रौला देउवा समूहका हुन भने पराजुलीलाई कृष्ण सिटौलाको साथ थियो ।

यता उपमेयरको टिकट पाएका जसपाका यादव जसपा विराटनगर महानगर समितिका अध्यक्ष हुन् । गठबन्धनबाट मेयर र उपमेयर दुवै पुरुषले टिकट पाएका छन् । उपमेयरमा यादवको उम्मेदवारी पक्का भएपछि जसपा निकट महिला नेतृ बसुन्धरा झाले जसपा छोडेको घोषणा गरेकी छिन् । उपमेयर महिलाले पाउनु पर्नेमा पार्टीले पुरुषलाई नै टिकट दिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।

यस अगाडी जसपाका नेता उमेश यादवले पार्टी परित्याग गरेर स्वतन्त्रमा उमेदवारी दिएका छन् । उनले हिजै मनोनयन गरेका हुन् । त्यस बाहेक जसपाका विभिन्न वडाका संभावित उमेदवार भने सिके राउतको जनमत पार्टीमा प्रवेश गरेका छन् ।

सत्तारुढ गठबन्धनबीच भागबण्डा गर्दा विराटनगरको मेयर कांग्रेस र उपमेयर जसपाको भागमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर