मेरुदण्डमा भएको ८ सेन्टिमिटरको ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया

खबर पूर्वाञ्चल, २५ श्रावण २०७९, बुधबार १४:४०
171
Shares
विराटनगर/ विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीय बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ ।

धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञाकुमारी मण्डलको स्पाइनल कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएपछि आज डिस्चार्ज भएको हो ।

मेरुदण्डमा ट्युमर भएको कारणले प्रतिज्ञा हिँडडुल गर्न नसक्ने भएर थला परेकी मात्र नभएर उनको पिसाब नियन्त्रण बाहिर गएको थियो । प्रतिज्ञाका आमा रामदुलारी मण्डलले छोरीको उपचारको लागि जनकपुरसहित प्रदेश १ का विभिन्न अस्पतालहरूमा लिएर गइन् । तर, उपचार हुन नसकेपछि उनलाई आर्या न्युरो हस्पिटलमा लिएर आएकी थिइन् । साउन १ गते आर्या न्युरो हस्पिटल आएकी प्रतिज्ञाको साउन ३ गते शल्यक्रिया गरेर मेरुदण्डमा भएको ८ सेन्टिमिटरको लामो ट्युमर शल्यक्रिया गरी निकालिएको थियो ।

आर्या न्युरो अस्पतालका वरिष्ठ न्युरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालको टिमले प्रतिज्ञाको सफल शल्यक्रिया गरी बचाएको हो । ‘बालबालिकाहरूको मेरुदण्डमा देखिने यस्ता ट्युमरको शल्यक्रिया धेरै जोखिम हुने गरेको छ,’ डा. नेपालले भने, ‘ च्यालेन्जिङ्ग सर्जरी गरेर हामीले मेरुदण्डमा भएको ट्युमर निकालेका छौँ ।’ ७ वटा मेरुदण्डको हड्डीको पछाडि ट्युमर रहेको थियो । यसलाई स्पाइनल कर्ड भन्छिन् । ‘दिमागबाट आएको नशालाई ट्युमरले समातेको थियो । यो बाहिरतिर ढाडको अप्रेसन गरेपछि प्यारालाइसिस हुन्छ भन्ने हल्ला रहेछ । त्यो हल्ला सत्य होइन,’ वरिष्ठ न्युरो सर्जन डा. नेपालले भने, ‘ ट्युमरको अप्रेसन गरेपछि मान्छे हिडन सक्छ भन्ने यो घटनाले पनि देखाएको छ । बच्चामा ट्युमर रियल हुन्छ । त्यसमाथि पनि मेरुदण्डमा पनि ट्युमर धेरै हुन्छ । यसरी बेलैमा ट्युमरको शल्यक्रिया गरेर उपचार गरे बिरामीको स्वास्थ्य अवस्था राम्रो हुने गर्दछ ।’

मेरुदण्डमा ट्युमर देखिएको बिरामीको चाँडै उपचार गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । ‘यस्ता बिरामीको समयमै उपचार नगरे थप समस्या हुँदै जान्छ । बेलैमा उपचार नगरे खुट्टा नचल्ने, पिसाब नियन्त्रण नहुने लगायतका अन्य विभिन्न समस्याहरू देखा पर्दै जाने गरेको छ,’ डा. नेपालले भने ।

२५ दिनको उपचारपछि प्रतिज्ञालाई डिस्चार्ज दिएको छ । अहिले उनी आफै हिँडडुल गर्न सक्ने भएकी छिन् । हस्पिटलका चिकित्सक सफल उपचार गरेर पुनः जन्म दिएको प्रतिज्ञाको आमा रामदुलारी मण्डलले बताइन् । उपचार संलग्न चिकित्सकप्रति कृतज्ञ भएको उनले सुनाइन् ।
‘छोरीलाई बचाउन आर्या न्युरो हस्पिटलले गरेको यो उपचार हामी बिर्सन सक्दिनम । उपचारमा सहयोग पु¥याउने चिकित्सकहरू प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो कान्छी छोरीलाई बचाउनुभयो । अहिले हिँडडुल गर्न सक्ने भएकी छिन् । बाबुले नयाँ जीवन पाइन्,’ आमा रामदुलारीले भनिन् ।

यस अघि पनि आर्या न्युरो हस्पिटले जटिल प्रकृतिका बिरामीहरूको पनि सफल गरेको छ । उपचार सम्भव नभएको भन्दै अन्य अस्पतालले हात उठाइसकेको अवस्थामा आर्याले उनीहरूलाई नयाँ जीवन प्रदान गर्न थालेको हो ।
यसरी एक पछि अर्को जटिल प्रकृतिका बिरामीको सफल उपचार गरी पूर्वाञ्चलमै कम खर्चमा गुणस्तरीय उपचार हुने भरपर्दो अस्पतालको रूपमा स्थापित हुँदै आएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५