पूर्वाञ्चल खबर
आफ्नो सय दिनको मुख्य उपलब्धिमा मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरणको विषयलाई पनि राखेका छन् । गत फागुन १७ गते प्रदेशसभाबाट प्रदेशको नाम कोशी राखिएको थियोे ।
सरकारको प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न, सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारीता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन गरेको विषय पनि उपलब्धिमा छ ।
१५ वटा स्थानीय तहहरूको अद्यावधिक योजना निर्माण कार्य अगाडि बढेको, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई क्षमता अभिवृद्धिका लागि तालिम दिएको विषय सय दिने उपलब्धिमा छ ।
एक सय दिनको समयमा प्रदेशसभाबाट दुई वटा विधेयक पास भएको,चारवटा विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको र चार वटा नियमावली स्वीकृत भएको मुख्यमन्त्रीले बताएका छन् ।
मुख्यमन्त्री कार्कीले चालू खर्चलाई २५ प्रतिशत कटौती गरेको बताएका छन् । प्रदेशमा किसानलाई ४ सय७ मेट्रिकटन प्राङ्गरिक मल किसानलाई उपलब्ध गराएको, व्यावसायिक रुपमा दूध उत्पादन गर्ने १६ हजार ९५ जना किसानलाई प्रति लिटर रुपैयाँका दरले एक करोड १७ लाख अनुदान उपलब्ध गराएको, ४६८ वटा बोयर जातका बाख्रा वितरण गरेको सय दिने उपलब्धिमा समावेश गरेका छन् ।
एक दिनको अवधिमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिबासी जनजाति आन्दोलनका क्रममा मृत्युु भएका प्रदेशका १ हजार ४ सय ५० जनाको परिवारलाई जनही एक लाखका दरले १४ करोड ५० लाख उपलब्ध गराएको मुख्यमन्त्री कार्कीले बताएका छन् ।
८ लाख ३० हजार ६१० जनालाई कोरोनाको बुस्टर डोज लगाएको, सय दिनको अवधिमा ११६ किलोमिटर सडक कालोपत्रे भएको, तीन वटा झोलुङ्गे पुल निर्माण भएको, १५ वटा पुल निर्माण कार्य सम्पन्न हुने अवस्थामा रहेको मुख्यमन्त्रीको उपलब्धिमा उल्लेख छ ।