AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

म सदैव तपाईहरुको साथमा रहन्छु : नेता पर्शुराम बस्नेत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ आश्विन २०७९, सोमबार १७:४७
531
Shares
विराटनगर / नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ ‘ख’का प्रदेशसभा सदस्यका उम्मेदवार पर्शुराम बस्नेत (कृष्ण)ले आफु सदैव जनताको सेवामा समर्पित हुने बताएका छन् ।

चुनावी अभियानका क्रममा क्षेत्रका जनताको घरदैलोमा पुग्दै आएका बस्नेतले आज विराटनगर –१२ स्थित बखरीका जनतासँग सदैव जनताको साथमा रहेर अघि बढ्ने बताएका हुन्।

चुनाव अघि हात जोड्दै आउने र जितेपछि हराउने नेताहरुको बानी रहेको भन्दै त्यस्तो हर्कत आफुबाट नहुने बताए। उनले भने ,‘यहि माटोमा खाए खेलेको मान्छे हुँ, मलाई यहाँका जनताले राम्रोसँग चिन्नुभएको छ, म सदैव तपाईहरुको साथमा रहन्छु ।’ यस क्षेत्रको समस्या, यस क्षेत्रका जनताको आवश्यकतालाई आफूले राम्ररी बुझेको भन्दै उनले सम्पूर्ण समस्या समाधानका लागि आफु सदैवको जनताको साथ लिएर अघि बढ्ने समेत बताए ।

नेता बस्नेतले विराटनगरको डुवानको समस्या हल गर्न तीनै तहको सरकारसँग समन्वय गरेर अघि बढ्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर