MERRYLAND
KANTIPUR COLLEGE

एभरेष्ट कलेजको स्विमिङ पुलमा भएको पौडीमा उत्कृष्ट भए आयुष

खबर पूर्वाञ्चल, १७ असार २०७९, शुक्रबार १९:४४
306
Shares

विराटनगर / मोरङ पौडी संघको आयोजनामा सम्पन्न पौडी प्रतियोगितामा आयुष लामा उत्कृष्ट खेलाडि भए ।

एभरेष्ट कलेज विराटनगरको स्विमिङ पुलमा सम्पन्न प्रतियोगितामा खेलाईएका विभिन्न ८ स्पर्धा मध्येबाट लामा उत्कृष्ट भएका प्रशिक्षक ईन्द्र राजभण्डारीले बताए । उत्कृष्ट खेलाडि लामाले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे । उनलाई संघका उपाध्यक्ष पदम श्रेष्ठले नगद हस्तान्तरण गरे।

प्रशिक्षक राजभण्डारीका अनुसार ५० मिटर फ्रि स्टाइलमा शसाहाङ राई, १ सय मिटर फ्रिस्टाइलमा कृतिक कार्की, २ सय मिटर फ्रि स्टाइलमा अनुज गुरुङ्ग, ४ सय मिटर फ्रि स्टाईलमा सार्थक श्रेष्ठ, ५० मिटर ब्रेस्टस्टङका आयुष लामा, ५० मिटर ब्याकस्ट्रक शसाहाङ राई, १०० मिटर आईएममा आयुष लामा र अन्तर एभरेष्ट कलेज ५० मिटर फ्रिस्टाईलमा क्षितिज चौधरी उत्कृष्ट खेलाडी भए । एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको प्रतियोगिताको समापन समारोह एभरेष्टका अध्यक्ष विनोद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

SAGARMATHA
GREENLAND
Export
ORCHID
ARNIKO
Arya-hospital-add-banner
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५