animated ellipse animated ellipse

दैनिक १५ घण्टाभन्दा बढी विमान चलाउने गरी काम अघि बढेको छ : मन्त्री किराँती

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ फाल्गुन २०७९, सोमबार १६:२०
90
Shares
विराटनगर/ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अरर्बौंको लागतमा विमानस्थल निर्माण गरेर घाम ताप्ने कार्य गर्न नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीहरु कुरा गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् ।

‘अरर्बौंको लागतमा विमानस्थल निर्माण गरेर घाम ताप्ने कार्य गर्नु हुँदैन,’ उनले भने, ‘प्रत्येक विमानस्थलको बिजनेस प्लानको आधारमा लगानी थपिने काम हुन्छ ।’ उनले पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि रुटलगायत सम्पूर्ण समस्या समाधानका लागि योजनाबद्ध रुपमा काम अघि बढाएको बताए । रुट परमिटको समस्या समाधानका लागि कूटनीतिक पहल गर्न टोली खटाइसकेको किराँतीको भनाइ थियो । मन्त्री किराँतीले विमानस्थल विस्तार व्यापारीक योजना, सम्भाव्यता अध्ययन, आवश्यकता र स्थानीयको परामर्शमा अगाडि बढाउने प्रतिबद्धता जनाए ।

नागरिक उड्डयन प्राधिकरणलाई मुनाफामा लाग्नका लागि प्रत्येक विमान दैनिक १५ घण्टाभन्दा बढी चलाउने गरी काम अघि बढाएको मन्त्री किराँतीले बताए । ‘विराटनगर विमानस्थलबाट पहाडी तथा हिमाली क्षेत्रमा उडानका साथै सवै विमानस्थलको कार्य योजना बनाउने काम भइरहेको र त्यसपछि अनुगमन गरेर योजना कार्यान्वयनमा जान्छौं,’ उनले भने, ‘तर विमानस्थल सञ्चालन भएपछि अन्तर्राष्ट्रिय स्तरको तारे होटलको मात्रै विकास हुनु हुँदैन, स्थानीय परिकार, पर्यटन, संस्कृतिको समेत प्रबर्द्धन हुनुपर्छ र त्यसको प्रत्यक्ष लाभ तल्लोस्तरको सर्वसाधारणले समेत पाउनु पर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर