animated ellipse animated ellipse

अपराध अनुसन्धानकालागि प्रहरी कर्मचारीलाई सुरक्षित र मजवुद बनाउनु पर्छ– मन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ भाद्र २०७९, बिहीबार १८:०७
135
Shares
विराटनगर / प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अपराध अनुसन्धानकालागि प्रहरी कर्मचारीलाई सुरक्षित र मजवुद बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं १ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा संचालन भएको १ दिने प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठीमा बोल्दै मन्त्री कार्कीले अपराध अनुसन्धान क्षेत्रमा प्रदेश सरकारले जुनसुकै प्रकारको सहयोग गर्ने बताए । गृहमन्त्रालयका केही कर्मचारीको असहयोगका बावजुत पनि सरकारले आफ्नो प्रदेशमा प्रहरीलाई सुरक्षित बनाउनकालागि लागेको मन्त्री कार्कीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पछिल्लो समय प्रबिधिको प्रयोग गरी धेरैजसो अपराधहरु बढिरहेको हुँदा त्यस्ता प्रकारका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरी प्रबिधी मैत्री हुनुको बिकल्प नरहेको बताए । उनले अपराध अनुसन्धानमा प्रमुख तीन पिल्लरको रुपमा रहेको अनुसन्धान, अभियोजन र न्याय निरुपण एक आपसमा समन्वय, सहकार्य मार्फत मात्र पिडितले न्याय र वास्तविक पिडकले सजाय पाउने कुरामा जोड दिए ।

आन्तरीक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले अपराध अनुसन्धान क्षेत्रमा प्रहरीले गरेका कार्यहरु प्रशंसा योग्य रहेको बताउदै अपराध अनुसन्धान तथा नियन्त्रणमा सम्बद्ध सबै निकाय तथा सहयोगी निकायहरु पनि उत्तिकै जिम्मेवार हुनु पर्नेमा जोड दिए ।

प्रदेश प्रहरी प्रमुख सुदिप गिरीले अपराध गर्ने बदलिदो शैली एवं आवरण, फैलदो अपराधिक संजालले थप चुनौती आईरहेको सन्दर्भमा अपराध अनुसन्धानको कार्यमा सबै क्षेत्रबाट सहयोग हुनु पर्नेमा जोड दिए ।

अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग गर्ने, १ नम्बर प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने ईकाईहरुको वर्तमानअवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयवीच समन्वयको विकास गर्ने उद्देश्यका साथ प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठीको आयोजना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर