खबर पूर्वाञ्चल
उनीहरुलाई प्रहरी र साना हातहरू नामक संस्थाले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगीररहेको प्रहरलिे जनाएको छ ।
महिलालाई विराटनगरको एक होटेलमा माघ १२ गते जबरजस्ती करणी गरेको आरोप लागेको छ । करणी गरेपछि विभिन्न प्रलोभन देखाएर २७ वर्षीय महिला र उनको दिदीको १४ वर्षीय छोरीलाई भारतमा रोजगारी लगाइदिने भन्दै लैजाने क्रममा प्रहरी र साना हातहरू नामक संस्थाले सीमावर्ती क्षेत्रबाट भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले मोरङ अदालतमा आइतबार मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । ‘अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘अनुसन्धानपछि थप विषय खुल्नेछ ।’
तपाईको प्रतिक्रिया