AArya
RUMPUM
animated ellipse animated ellipse

टी–२० विश्वकप छनौटमा समुह विजेता हुँदै नेपाल सेमिफाइनलमा, क्यानडा ८ विकेटले पराजित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ फाल्गुन २०७८, सोमबार १८:३३
261
Shares
विराटनगर / नेपालले आज भएको लिगको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित पराजित गरेको छ । जितसँगै नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ ।

अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ ।

क्यानडा समूह बी बाट बाहिरिँदा फिलिपिन्समाथि १० विकेटको जितसँगै ओमान ४ अंकसहित उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

दुवै सेमिफाइनल खेल मंगलबार एकै समयमा नेपाली समयअनुसार अपराह्न पौने ४ बजेपछि सुरु हुनेछ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा क्यानडाले दिएको ८१ रनको समान्य लक्ष्य नेपालले १४ दशमलव १बलमा २ विकेट गुमाएर पार गरेको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक अविजित ३४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले बविजित २७ रन बनाए । भुर्तेलले ऐरीसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको अविजित साझेदारी समेत गरे । भुर्तेलले अघिल्लो खेलमा फिलिपिन्सविरुद्ध १०४ रनको अविजित शतकीय पारी खेलेका थिए । त्यस्तै आसिफ शेखेले १७ रन बनाउँदा कुशल मल्ल शून्यमा बोल्ड आउट भए । क्यानडाका पलिम कबला र सलमान नाजरले १–१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा सवै विकेट गमाई ८० रनमै सिमित भयो ।

क्यानडालाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ३ विकेट र अविनाश बोहोरा र कमलसिंह ऐरीले २–२ विकेट लिँदा कुशल मल्लले १ विकेट लिए ।

क्यानडाकाकागि डिलोन हेलिगर ले २२ बलमा सर्वाधिक २४ रनको अविजित पारी खेले । सलमान नजरले १० रन जोड्दा रायन उठानले १४ रन र कप्तान नधबनित धालीवालले १८ रनको योगदान दिए ।

यो समूहबाट फाइनलिष्ट दुई टोलीले सन् २०२२ को अन्तिममा अस्ट्रेलियामा हुने टी–२० विश्वकप पहिलो चरणको खेलमा छनौट हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर