१ सय ६७ जनाको पीसीआर परीक्षण गरेमा प्रदेश १ मा आज १६ जना संक्रमित थपिए

खबर पूर्वाञ्चल, २ बैशाख २०७८, बिहीबार १८:००

विराटनगर / प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमलगाउँपालिकामा १ र प्रदेश १ बाहिरका १जना रहेका छन् । प्रदेश १ माकोरोना संक्रमितको संख्या ३० हजार ५३२ पुगेको छ । संक्रमित मध्ये २९ हजार ८ सय ७० संक्रमण मुक्त भएका छन् । १ सय ९५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ८ महिला र ८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३४ हजार १ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५